चितवन ।। , चितवन जिल्ला प्रहरी कार्यलय चितवन परिसरभित्र रहेका रक्सीका बोतलको फोटो खिचेको भन्दै नियन्त्रणमा लिएको पत्रकार केदार शर्मालाई प्रहरीले रिहा गरेको छ । सेवाग्राही जाने शौचालय नजिक विभिन्न रक्सीका बोतल देखेपछि मोवाइल मार्फत फोटो खिच्ने क्रममा चितवन प्रहरीले शर्मालाई हिजो नियन्त्रणमा लिएको थियो । प्रहरीले पत्रकार शर्मालाई नियन्त्रणमा लिई कोठामा करिब ४५ मिनेट बन्धक बनाएर राखेको थियो । ४५ मिनेट प्रहरी कार्यालय भित्र राखेर रिहा गरेको पत्रकार शर्माले बताउनुभयो । पत्रकार सुर्य बराललाई समेत प्रहरीले नियन्त्रणमा लिएको थियो । शर्माको मोबाइल खोसेर मोबाइलमा खिचेको तस्बिर समेत प्रहरीले जबरजस्ती डिलिट गरेको उहाँको भनाई छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दान बहादुर मल्लले यस विषयमा आफु अनविज्ञ रहेको प्रतिक्रिया दिनुभएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here