सिन्धुपाल्चोक ।। ङेम्लिङ लामा, हेलम्बु एफएम, सिन्धुपाल्चोक धार्मिक एवम् पर्यटकीय दृष्टिकोणले प्रख्यात सिन्धुपाल्चोकको तातोपानी धारामा आज देखि एक महिने स्नानमेला शुरु भएको छ । कात्तिक महिनाभर लाग्ने यो मेलामा पुगेर स्नान गरेमा ै रोगव्याधीबाट छुटकारा पाइने धार्मिक विश्वास रहेको छ । प्राकृतिक रुपमै ४४ डिग्री सेन्टीग्रेड तापक्रमको पानी उत्पन्न भइरहेको तातोपानी धाराको पानीमा गन्धक नामक लवण मिसिएको हुनाले छाला सम्बन्धि रोगहरु निको हुने स्वास्थ्य विज्ञहरुले बताउँदै आएका छन् । तातोपानी धाराको धार्मिक तथा वैज्ञानिक पक्षकै कारण पछिल्लो समय देश तथा विदेशबाट लाखौंको संख्यामा भक्तजनहरुको घुइँचो लाग्ने गरेको छ । धार्मिक तथा आकर्षक पर्यटकीय स्थलको रुपमा परिचित तातोपानी धारामा पछिल्लो समय बाथरोगीहरुको हितलाई ध्यानमा राखी स्वीमिङ पुल, पारिवारिक वातावरणमा नुहाउनेहरुका लागि अतिरिक्त शुल्कमा नुहाउने कक्षका साथै सामुहिक रुपमा नुहाउन सर्वसाधारणलाई ७ वटा धाराको व्यवस्था मिलाएको तातोपानी धारा व्यवस्थापन समितिका विष्णु श्रेष्ठले बताउनु बताउनु भयो ।
तातोपानी धारामा आज देखि एक महिने स्नानमेला शुरु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।