काठमाडौँ ।। सरकारले एनसेलको शेयर खरिदबिक्री प्रकरणमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । आज बिहान प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको बैठकले पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको हो ।
समितिको सदस्यहरूमा प्रधानमन्त्री कार्यालयका कानुन हेर्ने सचिव फणिन्द्र गौतम, सञ्चार मन्त्रालयका सहसचिव बाबुराम भण्डारी, अर्थ मन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले रहेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
समितिलाई एनसेल शेयर खरिदबिक्री चलखेल प्रकरणमा अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here