काठमाडाैं ।। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान गठबन्धन सरकारले राष्ट्रियताको पक्षमा शिर निहुराउने गरेको बताएका छन् । शुक्रबार पोखरामा आयोजित महाकाली—मेची अभियानअन्तर्गत आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
अध्यक्ष ओलीले यो देश एमालेले मात्रै बनाउने दाबी समेत गरे । उनले भने, ‘अर्को कुरा एमाले बाहेक अरु कसैले यो देश बनाउन सक्दैन, त्यो त स्पष्ट भइसक्यो । भएभरका बुद्धि त अहिले गठबन्धन सरकारमा लगाएकै छ नि । हामी बाहेकका अरु त एकजुट भएर लागेकै छन् नि । त्यस कारण उनीहरूको काम भनेको एमालेको विरोध गर्ने हो, खेदो खन्ने हो । विकास निर्माण होइन, जनतासँग सरोकार छैन । राष्ट्रियताको पक्षमा उनीहरू शिर निहुराउँछन् ।’
उनले वर्तमान सत्ता गठबन्धन नेकपा एमालेको विरोध गर्ने काममा मात्रै लागेको आरोप लगाए । उनले देश एमाले पार्टी बाहेकले बनाउन नसक्ने जिकिर गरे । उनले गठबन्धन सरकार विकास निर्माण र जनताको पक्षमा नरहेको बताए । उनले यस अवस्थालाई तोड्नका लागि नेकपा एमालेले मिसन ०८४ अघि सारेको बताए ।
एमाले बाहेक कसैले यो देश बनाउन सक्दैन : अध्यक्ष ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।