सांकेतिक तस्विर

काठमाडौं ।। जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एनसेल प्रकरणमा राजनीतिक र कर्मचारी प्रशासनको मिलेमतो रहेको बताएका छन् । शुक्रबार राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले यस्तो टिप्पणी गरेका हुन् ।
“एनसेल पहिला मेरो मोवाइल थियो । अहिले के हो यथार्थ ? एकपटक अर्बौं कर मिनाहा सकारले गर्यो भन्ने सुनिएको थियो । एनसेलमा राजनीतिक र कर्मचारी प्रशासनको मिलेमतो देखिन्छ,” उनले भने ।
यादवले कर्मचारीको अभावले प्रदेश सरकारको अवस्था दयनीय रहेको बताएका छन् । “प्रदेश सरकारको बेहाल छ, कर्मचारी छैनन् । ६ महिनामा चार सचिव फेरिन्छ । कर्मचारीको अभावमा बजेट कार्यान्वयन हुन सकेको छैन । सचिवले मन्त्रीलाई टेर्दैनन्,” उनले भने, “प्रदेश सरकार भनेको एउटा झन्डा, एउटा गाडी र चारवटा गार्डमा सीमित भएको छ ।”
उनले अहिलेको प्रणाली नटिक्ने खतरा बढको बताए । आफैंले बनाएको संविधान बने पनि कानुन कार्यान्वय हुन नसकेको भन्दै उनले आपत्ति जनाए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here