जनकपुरधाम ।। जनकपुरमा एक युवकको शव फेला परेको छ । जनकपुरधाम उपमहानगरपालिका २३ बेलास्थित धान खेतमा अन्दाजी २५ वर्षीय युवकको शव आज बिहान मृत फेला परेको हो । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाका मृतकको अनुसार मुखमा रगत देखिएको छ । मृतक युवकको पहिचान खुल्न नसकेको डिएसपी रञ्जन अवाले जानकारी दिए । घटनास्थलको प्रकृतिले मृत्यु शंकास्पद देखिएको छ । घटनाको अनुसन्धान गर्न तालिम प्राप्त कुकुरसहितको टोली ल्याउन लागिएको उनले बताए । हत्या घटना रातिकै हुन सक्ने प्रहरीको अनुमान छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।