काठमाडाैं ।। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार सॅाझ अमेरिका भ्रमणमा जाने भएका छन्। पार्टी सम्बद्ध प्रवासी नेपाली एकता समाज (पानस) अमेरिकाको निमन्त्रणामा अमेरिका जान लागेका हुन्। अमेरिकाको विभिन्न राज्यमा हुने भ्रमणको क्रममा अध्यक्ष लिङ्देनले टेक्सासको ड्यालसमा हुने पानस अमेरिकाको तेश्रो राष्ट्रिय अधिवेशनको समुदघाटन र सम्बोधन गर्नुहुने कार्यक्रम रहेको राप्रपा प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए। अमेरिकामा रहॅदा अध्यक्ष लिङ्देन अक्टोबर २८ का दिन मोमो महोत्सव (फेस्टिवल)मा प्रमुख आतिथ्यता ग्रहण एवं नेपालीहरूसँग भेटघाट एवं अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। अध्यक्ष लिङ्देन विभन्न कार्यक्रमलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नेछन्। त्यस्तै नेपाली समुदायसंग साक्षात्कार गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रम तालिका अनुसार उनले मेरिल्याण्डको कार्यक्रम सम्पन्न गरेपछि लिङ्देन नोभेम्बर ७ मा नेपाल फर्कने कार्यक्रम रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन्।
राप्रपा अध्यक्ष लिङ्देन अमेरिका जॅादै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।