काठमाडौं ।। भारतको उत्तरी सिक्किम टिस्टा नदीमा अचानक आएको बाढीका कारण २३ भारतीय सैनिक बेपत्ता भएका छन् । गुवाहटीमा सेनाको सम्पर्क अधिकारी कर्नेल महेन्द्र रावतले बीबीसीलाई बताएअनुसार २३ जना सैनिक बेपत्ता भएका हुन् । हाल बेपत्ता सैनिकको खोजीका लागि उक्त क्षेत्रमा खोजी अभियान जारी रहेको छ । मुख्यमन्त्री प्रेमसिंह तामाङले त्यहाँको अवस्थाबारे जानकारी लिएका छन् ।
सेनाले एक विज्ञप्ति जारी गर्दै उत्तर सिक्किमको लाहोनक तालमा एकाएक फुट्दा लाचेन उपत्यका नजिक रहेको टिस्टा नदीमा अचानक बाढी आएको बताएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।