काठमाडौं ।। नेकपा एमालेका उपाध्यक्ष सुवास चन्द्र नेम्वाङको पार्थिव शरिर उनको निवासबाट निकालिएको छ । नेम्वाङको अन्त्येष्टिका लागि नेपाली सेनाले सलामीसहित शोक धुन बजाएर शवयात्रा शुरु गराएको हो ।
बालुवाटारबाट सुरू भएको शवयात्रा शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल हुँदै पशुपति आर्यघाटमा लगिने छ । नेम्वाङको पशुपति आर्यघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि हुनेछ ।
उनकै अन्त्येष्टिको लागि आज सरकारले सार्वजनिक बिदा पनि दिएको छ । काठमाडौंको बालुवाटारस्थित आफ्नै निवासमा मंगलबार बिहान हृदयघात भएपछि महाराजगञ्जस्थित टिचिङ अस्पताल लगिएको थियो । उपचार हुन नपाउँदै नेम्वाङलाई चिकित्सकले मृत घोषणा गरेको थिए ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।