काठमाडाैं ।। हृदयघातबाट निधन भएका नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर पार्टी कार्यालयमा राखिएको छ। श्रद्धाञ्जलीका लागि नेम्वाङको शव ललितपुरको च्यासलस्थिल पार्टी कार्यालयमा राखिएको हो।
शिक्षण अस्पताल महाराजगञ्जबाट उनको पार्थिव शरिरलाई आज दिउँसो १२ बजे पार्टी कार्यालय लगिएको हो।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिवंगत नेता सुवासचन्द्र नेम्वाङकाे पार्थीव शरीरमा पार्टीकाे झण्डा ओढाएर श्रद्धाञ्जली दिएका छन् ।
अस्पतालबाट पार्टी कार्यालय पुर्याइएकाे नेम्वाङकाे शवमा ओलीले पार्टीकाे झण्डा ओढाएर सम्मान व्यक्त गरेका हुन् । यसैगरी, सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा रानामगरले पनि नेम्वाङकाे पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरेका श्रद्धाञ्जली दिएका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।