काठमाडौं ।। एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टिम बुधबार नेपाल फर्किएका छन् । श्रीलंकन एयलाइन्सबाट आज दिउँसो नेपाल आएको नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ । टोलीलाई त्रिभुवन विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले प्रतियोगिताको दुवै खेलमा हार व्यहोरेको छ । प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको अवसर पाएको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।