काठमाडाैं ।। मनसुन सुरू भएपछि बाढी पहिरोबाट २४ जनाको मृत्यु भएको छ। गृहमन्त्रालय पूर्वतयारी तथा प्रतिकार्य शाखाका अनुसार पहिरोबाट हालसम्म १५ जनाको मृत्यु र ५ जना बेपत्ता तथा १३ जना घाइते छन्।
मृत्यु हुनेमा पुरूष ११ जना र महिला ४ जना रहेका छन् । पहिरोबाट ४५४ जना परिवार प्रभावित भएको शाखाले जानकारी दिएको छ।
बाढीबाट ९ जनाको मृत्यु भएको छ। २० जना बेपत्ता रहेको गृह मन्त्रालयको तथ्यांक छ । मृत्यु हुनेमा पुरूष ५ जना, महिला ३ र पहिचान हुन नसकेको १ जना रहेको गृहमन्त्रालयले जानकारी दिएको छ। बाढीबाट ११२ घर परिवार प्रभावित भएको तथ्यांक छ ।
बाढीबाट ४ करोड ६६ लाख ३० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको मन्त्रालयले आँकलन गरेको छ । त्यस्तै पहिरोबाट १३ लाख ४१ हजार ५०० रुपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ । अहिलेसम्म संखुवासभामा बाढीपहिराले बढी क्षति पुर्याएको छ। संखुवासभामा ३ जनाको मृत्यु र १९ जना बेपत्ता रहेको तथ्यांक छ । त्यस्तै ताप्लेजुङको पहिरोमा ३ जनाको मृत्यु र ३ जना बेपत्ता रहेका छन् । पाँचथरमा आएको बाढीमा ३ जनाको मृत्यु भएको र ३ जना बेपत्ता भएको तथ्यांक छ।
बाढीपहिरोबाट २४ जनाको मृत्यु, लाखाै बराबरको क्षति
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।