मुम्बई ।। आलिया भट्ट र रणवीर सिंह स्टारर फिल्म ‘रकी और रानी की प्रेम कहानी’ को ट्रेलर मंगलबार रिलिज भएको छ । यो फिल्मलाई करण जोहरले निर्देशन गरेका हुन् । यो फिल्मबाट करण ७ वर्षपछि निर्देशनमा फर्कदैछन् । फिल्ममा आलिया र रणवीरका अलावा शबाना आजमी, धर्मेन्द्र र जया बच्चन पनि छन् ।
करण जोहर फेरि नयाँ प्रेमकथा लिएर ठूलो पर्दामा फर्किएका छन् । यो फिल्ममा फेरी एक पटक बलिउड स्टाइलको रोमान्स देख्नुहुनेछ । कमेडी, रोमान्स, इमोशन, स्टाइलले भरिएको यो ट्रेलर मनोरञ्जनको पूर्ण हो ।
ट्रेलरको सुरुमा रणवीर र आलियाको प्रेमकथा कसरी अगाडि बढ्छ भन्ने देखाइएको छ । तर, परिवार धेरै फरक भएकाले दुवैले रानी रकीको घर र रकी रानीको घरमा तीन महिना बस्ने निर्णय गर्छन्। यस क्रममा दुवैको परिवारले सम्बन्ध तोड्ने प्रयास गर्छन् । ट्रेलरको अन्त्यमा दुबैको ब्रेकअप देखिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here