काठमाडौं ।। राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाको बैठक अवरोध गरेको छ। रास्वपाले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने निर्णय फिर्ता नलिएको भन्दै मंगलबार प्रतिनिधिसभाको बैठक अवरोध गरेको हो।
रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जिल्ला निर्वाचन कार्यालय फिर्ता लिन निरन्तर आवाज उठाएपनि सरकारले वेवास्था गरेकाले फिर्ता नभएसम्म संसद सञ्चालन नहुने जानकारी दिए। उनले सभामुखमार्फत उक्त निर्णय तत्काल फिर्ता गर्न रुलिङको माग गरेका छन्।
उनले प्रशासन कार्यालयमा गाभ्ने निर्णय लोकतन्त्र विरोधी भएको र त्रुटि सच्याउन माग गरेका हुन्। यस अगाडि पनि जिल्ला निर्वाचन कार्यालयलाई जिल्ला प्रशासन कार्यालयमा गाभ्ने तयारी गरेको भन्दै एमाले र रास्वपाले विरोध गर्दै आएका थिए । सभामुख देवराज घिमिरेले बजेटको मन्त्रालयत शीर्षकमाथि उठेका प्रश्नहरुको जवाफ दिनेक्रममा जवाफ दिने जानकारी गराएपछि सांसदहरु उठेर विरोध गरेका छन् ।
रास्वपाको अवरोधलाई एमालेले पनि साथ दिएको छ। एमालेका सांसदहरुले पनि संसदमा उठेर विरोध जनाएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here