जनकपुर ।। मधेश प्रदेहसभामा विभिन्न सात मध्ये पाँचवटा संसदीय समितिको सभापति चयन भएको छ । शनिबार साँझ सर्वसहमतिद्वारा सात मध्ये पाँचसमितिको सभापति चयन गरिएको हो ।
प्रदेशसभा सचिवालका सचिव रञ्जित यादवका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका सारदा शंकर प्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय समितिमा लोसपाकी रुपा कुमारी यादव, अर्थ तथा योजना समितिमा सतिश कुमार सिंह र प्राकृतिक श्रोत तथा वातावरण समितिको सभापतिमा माओवादी केन्द्रकी सारदा पहाडी चयन भएकी हुन् ।
मधेश प्रदेशसभामा सतदेखि माथि सांसद रहेका ७ दलले एकएकवटा संसदीय समिति भागवण्डामा टुंगो लगाएर सभापति चयन गरेको हो ।
जस मध्ये नेपाली काँग्रेस र एकीकृत समाजवादीको भागमा परेको प्रदेशसभा मामिला र कृषि तथा भूमि व्यवस्था समितिमा सभापति चयन गर्न बाँकी छ । केही दिनभित्रै दुबै दलबाट पनि उपसभापति चयन हुने सचिव यादवले जानकारी दिए । यसअघिल्लो कार्यकालमा सातवटै संसदीय समितिको सभापतिमा महिला सहभागिता शून्य थियो । यसपटक पाँचवटा समितिले सभापति पाउँदा तीनवटामा भने महिलाले नेतृत्व पाएको छ ।
नवनिर्वाचित संसदीय समितिका उपसभापतिहरुलाई सभामुख रामचन्द्र मण्डलले आइतबार बिहान पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here