एजेन्सी ।। सफल जीवनका लागि स्वस्थ जीवनको निकै महत्त्व छ। जीवनमा सफलता र समृद्धि चाहने व्यक्तिले आफ्नो स्वास्थ्यको ख्याल गर्नै पर्दछ। स्वस्थ जीवनका लागि सन्तुलित भोजन हुन आवश्यक छ। सन्तुलित भोजन भनेको पौष्टिक पदार्थले भरिएको खानेकुरा सेवन गर्नु पनि हो। सन्तुलित भोजनको सेवनले शरीरलाई स्वस्थ तथा र स्फूत राख्न मद्दत गर्छ। यसले शरीरको रोग प्रतिरोधी क्षमता बढाउनुका साथै विभिन्न रोगहरूबाट शरीरलाई सुरक्षा प्रदान गर्छ। त्यतिमात्र हैन, यसले शरीरको वृद्धि विकासमा पनि महत्त्वपूर्ण भूमिका खेल्छ।
सन्तुलित भोजन यस्तो भोजन वा आहार हो, जसमा तरल पदार्थ, माइक्रोन्युट्रियन्टस्, क्यालोरी लगायतको पौष्टिक पदार्थ पर्याप्त हुन्छ, जसको सेवनले समग्र स्वास्थ्यलाई स्वस्थ राख्न मद्दत गर्छ। सामान्यतया सन्तुलित भोजनमा अन्न, फलफूल, माछामासु, सागसब्जी, दुग्धजन्य पदार्थ, तेल सबै किसिमको खाद्यान्न समावेश हुन्छ।
भोजनको सही तरिका
स्निग्ध (चिल्लो) भोजन: हाम्रो भोजनमा घ्यु, तेल आदि प्राकृतिक स्निग्ध (चिल्लो) द्रव्य उचित मात्रामा हुनु पर्दछ। यस पदार्थको सेवनले मल विसर्जनमा सूविधा हुन्छ।
ताजा र तातो भोजन: भोजन सधैँ ताजा र तातो हुनु पर्दछ। यस्तो भोजन स्वादिष्ट हुनूका साथै पाचक, अग्नि बढाउने सुपाच्य हुन्छ। यस्तो भोजन पौष्टिक पनि हुन्छ, बासी र चिसो भोजन भारी, तामसिक र अपौष्टिक हुन्छ।
भोजनको सुन्दरता: भोजनको रङ्ग, गन्ध, स्वाद तथा स्पर्श रुचिकर हुनु पर्दछ। भोजनप्रति रुचि बढाउनको लागि भोजनलाई अझ स्वच्छ, सुन्दर र आकर्षक हुन आवश्यक हुन्छ। निरन्तर एक प्रकारको भोजन खाना अरुचि हुन सक्छ।
एकाग्र चित्त: भोजन सधैँ शान्त र प्रसन्न मनले तयार पार्ने तथा सेवन गर्नु पर्दछ। भोजन गर्दा नबोली पलेटी मारी बसेर सेवन गर्नु राम्रो हुन्छ। गफ गर्दै वा टिभी हेर्दै भोजन गर्नु हानिकारक हुन सक्छ।
भोजनको उचित समय बिहान सधैँ नियमित समयमा भोजन गर्नु पर्दछ। बिहानको खानामा तारेको, भुटेको नभए राम्रो हुन्छ । बिहानको खाना राम्रो भएमा कोलेस्ट्रोल बढ्ने तथा मधुमेहको खतरा हुँदैन । काँचो अङ्कुरित अन्नहरू जस्तै: मेथी, गहुँ , मुँगी, चना र सानो केराउको मिश्रण तथा फलफूलको प्रयोग भएमा सबै खालको भिटामिन तथा मिनिरलहरू प्राप्त हुन सक्दछ। सूर्यास्त भन्दा १ घण्टा अगाडी वा बेलुकी सुत्नु २/३ घण्टा अगाडी भोजन गरी सक्नु पर्दछ, भोजन पश्चात् केहिबेर बज्राशनमा बस्ने गर्नुपर्छ।
भोजनको मात्रा: भोजन गर्दा पेटको एक तिहाइ भाग खाली रहने गरी सेवन गर्नु पर्दछ। भोजनको मात्राको निर्णय गर्न मानिसको आफ्नो प्रकृति, आयु, पाचक अग्निको शक्ति, हल्कापन र अग्निको तीब्रतालाई विचार गर्नु पर्दछ । पाचन शक्ति राम्रो हुने मानिसले केही धेरै मात्रामा भोजन गरेतापनि धेरै कष्ट हुँदैन। तर पाचन शक्ति कम हुनेहरूले भारी भोजन गरेमा कष्ट हुन सक्छ।
आवश्यकता भन्दा कम गरेको भोजनले आवश्यक ऊर्जा प्रदान गर्न सक्दैन र अत्यधिक मात्रामा सेवन गरेको भोजनले आलस्य, भारीपन, मोटोपन, अपच आदि जस्ता समस्या उत्पन्न गराउँछ, त्यसबाट नै विकारको जन्म हुन्छ । त्यसैले बिहान प्रशस्त भोजन गर्नु र बेलुकी हलुका भोजन मात्र गर्ने, आफ्नो शरीरको प्रकृति तथा गरिने शारीरिक श्रम अनुसार (१/२ वटा सुख्खा रोटी, सब्जी र सुप मात्र) भोजन सेवन गर्ने । सुत्नुअघि मनतातो दूध सेवन गर्नु राम्रो ।
भोजन चपाएर खानुपर्ने: राम्रोसँग नचपाएको भोजन ठिकसँग पाचन हुन सक्दैन र अजीर्ण, कब्जियत जस्ता रोगहरू उत्पन्न गराउँछ। भोजन बिस्तारै चपाइ-चपाइ सेवन गर्ने, पेय पदार्थलाई पनि बिस्तारै चपाए झैँ खाने गर्दा भोजन पचाउन सजिलो हुन्छ र थोरै खानाले पनि आवश्यक पोषण प्राप्त हुन सक्दछ। तर, खाना नचपाई खानाले अपच तथा कब्जियत भई विभिन्न समस्या आउन सक्छ।
भोजन खाएको १ घण्टासम्म पानी नपिउनुस्: जन पश्चात् तुरुन्त पानी खाएमा पचाउने अग्नि अर्थात् जठारग्नी कमजोर हुनजाँदा पाचन पक्रिया प्रभावित भई अपच हुन्छ। त्यसैले भोजन खाएको १ घण्टासम्म वा भोजनको ४८ मिनेट अगाडी सम्म पानी नखानु उत्तम हुन्छ। तर भोजनको बिचमा अप्ठेरो परेमा १/२ घुँट लिन सकिन्छ। भोजन पश्चात् बिहान जुस, दिउँसो लस्सी र रातमा दूध लिनु उचित हुन्छ।
सन्तुलित आहार स्वास्थ्यसित कसरी सम्बन्धित छ ?
शरीरलाई स्वस्थ राख्न आहारमा अन्न, कार्बोहाइड्रेट्स, प्रोटिन, फ्याट, खनिज पदार्थलाई समावेश गर्न जरुरी छ। साथमा शारीरिक गतिविधि गर्न आवश्यक छ। अन्यथा, गलत खानपानले मोटोपना र विभिन्न रोगको समस्या निम्त्याउँछ। त्यतिमात्र हैन, शरीरलाई आवश्यक मात्रामा पोषकतत्व प्रदान नभएमा यसले कुपोषणको समस्या समेत निम्त्याउने गर्छ। परिणामस्वरुप, मानिसमा रक्तअल्पत्रा, रतन्धो लगायतका समस्या निम्तिने गर्छ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here