दाङ ।। नेकपा एकीकृत समाजवादीका अध्यक्ष एव पूर्व प्रधानमन्त्री माधवकुमर नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’काे रूपमा लिने संकेत गरेका छन्।
मंगलबार दाङकाे भालुबाङ्गमा पत्रकारहरूसँग छलफल गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठाेस प्रस्ताव नआएकाे दाबी गरे। तर, उनले आफू के बन्ने भन्ने बारेमा अझै साेचिनसकेकाे बताएका छन्।
‘अहिले बजारमा हल्लाहरू धेरै छन्। चर्चापरिचर्चाहरू धेरै छन्। यस सन्दर्भमा कुनै टुंगो लागेकाे छैन’, उनले भने, ‘चाहना राख्ने कुरा बेग्लै कुरा हाे। मैले नै आफू के गर्ने साेचिसकेकाे छैन। हाम्राे पार्टीले पनि के गर्ने भन्ने कुरा निर्णय गरिसकेकाे छैन। तर, पार्टीकाे धारणा के छ भन्दा खेरि पावर सेयरिङमा हाम्राे पार्टीकाे भूमिका हुनुपर्दछ।’ पावर सेयरिङमा भूमिका नगरेर अरूकै लागि सधै बलिदान हुने र अरूले फाइदा उठाउने कुरा मान्य नहुने अध्यक्ष नेपालले बताएका छन्। साथै, उनले राष्ट्रपतिकाे लागि बृहत छलफलकाे आवश्यकता रहेकाे उल्लेख गरे। एमाले अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति बन्न नेपाललाई प्रस्ताव गरेकाे समाचारहरू सार्वजनिक भएपनि नेपालले कतिपय कुराहरूलाई पर्दाभित्रै रहन दिँदा उपयुक्त हुने बताए। ‘प्रेसमा आएका सबै समाचारहरू साँचाे हुन्छन् भन्ने छैन’, उनले भने, ‘अहिले नै बाेल्ने कुराकाे हतार गर्नुहुन्न। हतार नगरिकन पर्दाभित्र नै रहन दिनुपर्छ।’
नेपालले पार्टीकाे ध्यान देशकाे हितकाे रक्षा गर्नुपर्ने कुरामा सबै गम्भीर हुनुपर्ने बताए। ‘संविधानलाई जाेगाउने कुरामा हामी अत्यन्तै चनाखो हुनुपर्ने छ’, उनले भने, ‘देशलाई समाजवादकाे दिशातर्फ लग्ने साेचतिर हामीले ध्यान दिएका छाैँ।’
चुनावअघि एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालकाे नाममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहमत रहेकाे उनले खुलाए। तर, झलनाथ खनाल निर्वाचनमा पराजय भएपछि राष्ट्रपतिको बन्ने भन्ने विषयमा ठोस निर्णय नभएको उनले दावी गरे ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here