काठमाडाैं ।। सत्तारुढ नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्रीको भएको बताउनुभएको छ । आज पार्टी पदाधिकारी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै नेता महराले यस्तो प्रतिक्रिया दिनुभएको हो । पत्रकारहरूसँगको कुराकानीमा उपाध्यक्ष महराले प्रधानमन्त्री प्रचण्डले यसबारे निर्णय गर्ने भएकाले यो विषयलाई पार्टी भित्र प्रवेश नै नगराइएको दाबी गर्नुभयो । यो सरकारको विषय भएकाले गृहमन्त्री को हुने वा को नहुने बिषय प्रधानमन्त्रीको नै भएको उहाँको भनाइ रहेको थियो । गत शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता तत्काल कायम नरहेको फैसला गरेसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्रीको पद गुमाउनुभएको हो । गृह मन्त्रालय प्रधानमन्त्री प्रचण्डले नै सम्हालिरहनुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय आफै्नै लागि हुनुपर्ने अडान राख्दै आएको छ ।
गृहमन्त्री कसलाई बनाउने भन्ने टुंगो लगाउने जिम्मा प्रधानमन्त्रीलाई-महरा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।