काठमाडाैं ।। सेयर बजारको कारोबार मापन गर्ने नेप्से परिसुचक आज ४१ अंकले घटेको छ । नेप्से आज २१२७ अङ्कमा झरेको हो । कारोबार रकम भने आज हिजोभन्दा केही बढेको छ । अघिल्लो दिन तीन अर्ब एक करोडको कारोबार भएकोमा आज तीन अर्ब ३० करोडको कारोबार भएको छ । आज बैंकिङ उपसमुह १६, विकास बैंक ९५, फाइनान्स ६२, होटल १२१, जलविद्युत् ७८, जीवन बीमा १२१, उत्पादन ७२, माइक्रोफाइनान्स ८५, निर्जीवन बीमा २७०, अन्य ३३ र व्यापार उपसमूह ४३ अंकले घटेका छन् । आज नौ कम्पनीको मूल्य बढ्दा दुई सय चारको घटेको छ । दुई कम्पनीको मूल्य भने १० प्रतिशतले बढेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स र आदर्श लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो भने बाराही हाइड्रोको ६.५, सूर्यज्योति लाइफ र पिपुल्स पावरको ५ प्रतिशत बढेको छ । युनाइटेड इदी मर्दीको मूल्य भने ७ प्रतिशत घटेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here