रौतहट ।। सुमिन्त्रा मिडिया प्र.लि.द्धारा संचालित संगम खबर डट कम डट एनपीले आजदेखि सातौं वर्षमा प्रवेश गरेको छ । २०७३ साल मंसिर २७ गतेबाट संचालनमा आएको संगम खबरले आजबाट प्रकाशनको सातौं वर्षमा पाइला टेकेको हो ।
छेठौं वार्षिकोत्सवको अवसरमा अनलाइनले सम्पूर्ण पाठक, शुभेच्छुक र सहयोगीहरूमा धन्यवाद ज्ञापन गरेको छ । सबैको साथ र सहयोगले यो अवस्थामा आइपुगेको भन्दै आगामी दिनमा समेत साथ सहयोगका लागि अपेक्षा राखेका छौ ।
अनलाइनले समाजका हरेक गतिविधिमा निगरानी गरिरहेको छ । संचालक सुमिन्त्रा मिडिया प्र।लि।का अध्यक्ष दिनेश यादव संगमले समाजलाई सूक्ष्म रुपमा अध्यन गरिरहेको र सोही अनुसार संगम खबरले खबरदारी र प्रात्साहनलाई निरन्तरता दिएको बताउनुभयो ।
समाजका हरेक सकारात्मक, नकारात्मक गतिविधिमा हाम्रो प्रत्यक्ष निगरानी छ, राम्रा पक्षलाई थप प्रोत्साहन र समाजलाई हानि गर्ने हरेक घटनामा हाम्रो निरन्तर खबरदारी र निगरानी रहिरहने छ । अनियमितता, भ्रष्टाचार, वेतिथि, कुसंस्कार, कुरिति, अन्धविश्वासका विरुद्ध र समाज विकासको हितमा हाम्रो कलम चलिरहेको छ र चलिनै रहने छ यादवले बताउनु भयो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here