काठमाडौँ ।। खोरेत रोगका कारण नेपालमा बर्सेनि ६ अर्बभन्दा बढीको क्षति हुने गरेको पशु सेवा विभागले जनाएको छ । खुर फाटा पशुलाई लाग्ने खोरेत रोग गत वर्ष ७७ जिल्ला मध्ये ४६ जिल्लाका पशुलाई लागेको थियो । विशेषगरि एक ठाउँबाट अर्को ठाउँमा पशुको असुरक्षित ओसारपसारकै कारण खोरेत रोगको सङ्क्रमण फैलिने खोरेत तथा सीमाविहिन पशुरोग अन्वेषण प्रयोगशाला काठमाडाँैका प्रमुख डा. कृष्णराज पाण्डेले बताउनुभयो । आपूmले पालेका पशुलाई खोरेत विरुद्धको खोप लगाउने, नयाँ पशुहरूलाई २ सातासम्म अलग्गै राख्ने, खोरेत लागेका पशुलाई छुट्टै राखेर उपचार गर्ने तथा बिरामी पशुको जुठो अन्य पशुलाई नखुवाए मात्रै पनि यसलाई केही हदसम्म न्यूनीकरण गर्न सकिने डा. पाण्डेको भनाइ छ । पशुलाई खोरेत लाग्ने सम्भावना सत प्रतिशत रहे पनि समयमा नै उपचार गरे मर्ने सम्भावना भने ठूला पशुहरूको हकमा २ प्रतिशत र साना पशुहरूको २० प्रतिशतसम्म रहन्छ । मुलुकलाई खोरेत मुक्त बनाउन छिमेकी देशहरू पनि नेपालसँगै अघि बढ्नुपर्ने कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सहसचिव डा.दामोदर सेढाइको बुझाइ छ । दसै, तिहारका समयमा पशुको ओसारपसार धेरै हुने भएकाले यो रोग सबैभदा बढी मङ्सिरदेखि पुस महिनामा फैलिने गरेको छ । त्यसैले दसैका समयमा गरिने पशुको असुरक्षित ओसारपसारलाई कडाइ गर्ने तयारी भइरहेको पशु सेवा विभागका सूचना अधिकारी डा. चन्द्र ढकालले जानकारी दिनुभयो । खोरेत भएपछि पशुलाई ज्वरो आउने, ¥याल चुहाउने, मुख र खुरको कापमा घाउ हुने थुतुनो र थुनमा साना साना फोकाहरू देखिने हुन्छ । खोरेत लागेका दूधालु गाई÷भँैसीको दूध उत्पादन घट्ने तथा ब्याउने पशुहरू तुहिन सक्छन् भने साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरू मर्न सक्दछन् ।
खोरेत रोगका कारण नेपालमा बर्सेनि ६ अर्बभन्दा बढीको क्षति हुँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।