काठमाडाैं ।। नेपाल भ्रमणमा रहनुभएका भारतीय सेनाका प्रमुख जनरल मनोज पाण्डेलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरिँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपराह्न ३ बजे शीतल निवासमा पाण्डेलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुहुने कार्यक्रम रहेको छ । त्यसलगत्तै राष्ट्रपति र भारतीय सेना प्रमुख पाण्डेबीच शिष्टाचार भेटवार्ता हुने राष्ट्रपति कार्यालयका प्रवक्ता उपसचिव सागर आचार्यले जानकारी दिनुभयो ।नेपाल–भारतका सेनाबीच विगत ७२ वर्षदेखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथी दर्जा प्रदान गर्ने परम्परा रहेको छ । त्यसकै लागि सेना प्रमुख पाण्डे नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माको निमन्त्रणामा हिजो पाँच दिने औपचारिक भ्रमणका लागि काठमाडौँ आइपुग्नुभएको हो । शीतल निवासको औपचारिक कार्यक्रमभन्दा अघि पाण्डेलाई नेपाली सेनाले गार्डअफ अनरसँगै ब्रिफिङ गर्नेछ । प्रधानसेनापति शर्माले आज राति नै पाण्डेको सम्मानमा रात्रिभोजको आयोजनासमेत गर्नुहुनेछ । भोलि भने भारतीय सेना प्रमुख पाण्डे माउन्टेन फ्लाइटमा नाम्चे जाने सम्भावना रहेको छ । पाण्डेले भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्नुहुनेछ । पाण्डेको मुक्तिनाथ दर्शन गर्ने कार्यक्रम पनि रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here