रौतहट ।। मङ्सिर ४ मा हुने आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभाका निर्वाचनका लागि रौतहटमा निर्वाचनमा भाग लिने ठुल्ला दलले आ आफ्नो पार्टीका उम्मीदवारहरुको नाम छनौट गर्ने कार्यलाई तीब्रता दिएका छन ।
सत्ता साझेदार राजनितिक दल र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संघीय तथा प्रादेशिक उम्मीदवारको नाम टुङ्गो लगाउने अन्तिम चरणमा पुगेका हुन । रौतहट निर्वाचन क्षेत्र नम्बर १ मा सवैको ध्यान बढ़ी केंद्रित देखिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्ष रुपमा प्रतिनिधि सभाको निर्वाचन लड़ने सम्भावना बढ़ी भएपछि सवैको चासो र उत्सुकताको विषय बनेको छ ।
नेकपा एस बाट प्रतिनिधि सभा सदस्यको लागि क्षेत्र नम्बर १ र ४ माधव कुमार नेपालको नाम सिफारिश गरिएको छ । प्रदेश सभा १ को क बाट बिक्रान्त विक्रम नेपाल डाक्टर सोहैल तैयव ,प्रेमलाल साह र इन्दु देवी को नाम सिफारिस गरिएको छ ।
प्रदेश सभा ख बाट जय मंगल यादव ,रौशन झा , समुन्द्री देवी ठाकुर , निर्वाचन क्षेत्र नम्बर २ प्रतिनिधि सभाको लागि राम स्वरुप सिन्हाको नाम चयन गरिएको छ ।
नेकपा एस बाट क्षेत्र नम्बर २ को क मा गुलाम सरोवर .दिलीप साह , महमद अव्दुल्लाह , प्रदेश सभा ख बाट नितेशनंदन मिश्रा ,कनिश पटेल , निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधि सभा नागेन्द्र यादव , राजुद्दीन आलम , प्रदेश सभा क मा नागेन्द्र यादव , एकरामुल साह ,प्रदेश सभा ख बाट जिल्ला अध्यक्ष कमल यादव , राम भरोस यादव , समीना हुसैन , निर्वाचन क्षेत्र ४ को प्रतिनिधि सभा मा माधव नेपाल र राम कुमार भटराई , प्रदेश सभा क बाट महेन्द्र चौलागाई , मदन सापकोटा ,बाल कृष्ण श्रेष्ठ ,विनीता बखरेल , प्रदेश सभा ख बाट महमद शेख कलीमुल्लाह , रामजी साह ,शेख सतार अहमद र हासिम खातूनको नाम सिफारिश गरिएको छ ।
नेपाली कांग्रेस रौतहट निर्वाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा र प्रदेश सभा ख का लागि कृष्णा यादव ,समानुपातिक तरफ नितेश गुप्ता , प्रदेश सभा क मा नागेन्द्र साहको नाम सिफारिश गरेको छ ।
निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधि सभको लागि मोहमद आफताव आलम , प्रदेश सभा क रामचन्द्र गिरी , प्रदेश सभा ख बाट लालबिहारी साह , नागेन्द्र प्रसाद सिन्हा , अंजू झा को नाम पठाएको छ ।
निर्वाचन क्षेत्र नम्बर ३ प्रतिनिधि सभाको लागि जीतेन्द्र यादव , प्रदेश क बाट ओम प्रकाश जायसवाल , भैरव लाल महतो , मोहमद फिरोज आलम , प्रदेश ख बाट सुनील यादव , निर्वाचन क्षेत्र नम्बर ४ मा प्रतिनिधि सभा को लागि देव तिमिल्सिना , प्रदेश सभा क को लागि धनलाल ठोकर ,मुकेश गिरी , प्रदेश सभा ख बाट लालबाबू यादव र कृष्णा चौधरीको नाम सिफारिश गरिएको जिल्ला कार्य समितिले जनाएको छ ।
नेकपा एमाले निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको लागि गौर नगरपालिकाका पूर्व मेयर अजय कुमार गुप्ता , प्रदेश सभा १ को क बाट राज किशोर यादव र ख बाट राजेश चौधरीको एकल नाम सिफारिस गरेका हुन ।
नेपाली कांग्रेसले रौतहट क्षेत्र नम्बर १ ख बाट प्रदेश सभा सदस्यमा प्रदेश सभापति कृष्णा यादवको नाम सिफारिस गरेका छन । रौतहट निर्वाचन क्षेत्र नम्बर २ बाट पूर्व मंत्री तथा निलंवित सांसद मोहमद आफताव आलमको नाम सिफारिस गरेको छ ।
जनता समाजवादी पार्टी नेपालले रौतहट क्षेत्र नम्बर १ बाट देवेंद्र मिश्रा , क बाट केंद्रीय सदस्य रेवन्त झा , रम्भा देवी यादव र ख प्रदेश सभाबाट राज्य मंत्री योगेन्द्र यादव समेत ५ जनाको नाम प्रत्यक्षमा तथा पूर्व उपप्रमुख किरण कुमारी ठाकुरको नाम समानुपातिक तरफमा सिफारिश गरेका छन ।
निर्वाचन क्षेत्र नम्बर २ बाट संघ र प्रदेश सभा ख बाट राम किशोर यादव , प्रदेश क बाट शोभा देवी साह , क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा र क प्रदेश सभामा गोबिन्द चौधरी , प्रदेश सभा ख बाट अनिल यादव तथा निर्वाचन क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा मा मोहमद हाकिम , ख मा जयनाथ यादव , अब्बुल कलम आजाद , राज कुमार दासको नाम सिफारिस गरिएको जिल्ला अध्यक्ष धर्मेन्द्र पटेलले जानकारी दिएका छन ।
नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी नेपालले अहिले सम्म आफ्नो उम्मीदवारको नाम टुङ्गो लगाउन सकेका छैन ।
रौतहट क्षेत्र नम्बर १ र ३ मा निर्वाचन संघर्षपूर्ण र रोमांचक हुनेमा मतदाताहरु विस्वस्त रहेका छन । २०७० सालमा तत्कालीन नेकपा एमालेबाट प्रतिनिधि सभाको उम्मीदवार भएका पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल र मधेशी जनाधिकार फोरम लोकतान्त्रिकबाट उम्मीदवार भएका अजय कुमार गुप्ता विच कडा प्रतिस्पर्धा भएकोमा ३३८ मतले नेता नेपाल विजयी भएका थिए ।
२०७९ मङ्सिर ४ मा हुने यस आम निर्वाचनमा पूर्व नेकपा एमालेबाट निर्वाचित भएका नेता नेपाल नया पार्टी नेकपा एकीकृत समाजवादीबाट तथा गुप्ता मधेशवादी दल त्यागेर नेकपा एमालेबाट उम्मीदवार हुन लागेकोमा दुवै उम्मीदवार विच कडा प्रतिस्पर्धा हुने अवस्था रहेका छन ।
पांच दलीय गठवन्धनबाट पूर्व प्रधानमन्त्री नेपाल उम्मीदवार भएर आउदैछन भने गुप्ता एक्लै प्रतिस्पर्धामा उत्रिने छन । निर्वाचन क्षेत्र नम्बर १ मा नेकपा एसका २ नगर पालिका गौर र राजदेवी रहेकाले अपेक्षा अनुसारको मत माधव नेपालले पाउने चर्चा चली रहेका छन ।
२ स्थानीय तह नेपाली कांग्रेस , १ स्थानीय तह लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा एमाले निर्वाचित भएका गरुडा नगरपालिकाका १ वटा वड़ा रहेका छन ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here