रौतहट ।। नेपाल रेडक्रास सोसाइटी रौतहट शाखाले विभिन्न कार्यक्रम गरी आफ्नो ६० औ स्थापना दिवस मनाएका छन ।
स्थापना दिवसको अवसरमा जिल्ला शाखाको सभाहल गौरमा आयोजना गरिएको रेडक्रस अभियानमा स्वयंसेवकको भूमिका विषयक अन्तर्क्रिरया कार्यक्रममा प्रमुख अतिथिको रुपमा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भू साहले नेपाल रेडक्रसले खेलेको भूमिका सराहनीय रहेका बताएका छन ।
जिल्ला सभापति राजकिशोर प्रसाद यादवको अध्यक्षतामा भएको सो कार्यक्रममा पूर्व सभापति मोहमद मजरुल हकÞ , डाक्टर नन्द किशोर झा , संजीव कुमार मल्लिक तथा कर्मचारी विगन महतोलाइ दोषला ओढाएर सम्मान पत्रबाट सम्मानित गरिएको थियो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाही , नेपाल प्रहरीका प्रहरी उपरीक्षक बीर बहादुर बूढ़ा मगर , सशस्त्र प्रहरी बल नेपाल ११ नम्बर गणका डीएसपी छितिज क्षेत्री लगायतका उपस्थति रहेको नेपाल रेडक्रास सोसाइटीका मंत्री धर्मेन्द्र कुमार सिंहले जानकारी दिएका छ ।
स्थापना दिवसको अवसर परेर रौतहटको दुर्गा भगवती गाउपालिकाको पिपरामा आयोजित रक्तदान कार्यक्रममा गाउँपालिका अध्यक्ष शम्भू सिंह लगायत कार्यालयका कर्मचारीहरु समेतले रक्तदान गरेको जिल्ला सदस्य संजय यादवले जानकारी दिएका छन ।





