एजेन्सी ।। अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानकी राष्ट्रपति साइ इङ वेनको नेतृत्वलाई धन्यवाद दिँदै बढ्दो अन्तर संसद सहकार्यका लागि आह्वान गरेकी छन् । ताइवानको संसदलाई सम्बोधन गर्दै पेलोसीले उक्त आह्वान गरेकी हुन् ।
पेलोसीले ताइवानको अगाडि भनिन्, ‘हामी ताइवानलाई विश्वको सबैभन्दा स्वतन्त्र समाज भएकोमा प्रशंसा गर्छौं ।’ अमेरिकी चिप उद्योगलाई चीनसँग प्रतिस्पर्धा गर्न बलियो बनाउने उद्देश्यले नयाँ अमेरिकी कानूनले ‘अमेरिका–ताइवान आर्थिक सहयोगको लागि ठूलो अवसर प्रदान गर्ने ’ उनले बताइन् । चीनको विदेश मन्त्रालयले पेलोसीको भ्रमणले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर हानी पुर्‍याएको जनाएको छ ।
ताइपेयप्रति समर्थन जनाउन ताइवान भ्रमण
ताइपेय–अमेरिकी सदनकी सभामुख न्यान्सी पेलोसीले आफ्नो प्रतिनिधिमण्डलको ताइवान भ्रमण उक्त टापुको लागि समर्थन प्रदर्शन भएको बताइन् ।
‘ताइवानप्रतिको हाम्रो प्रतिबद्धतालाई हामी छाड्ने छैनौं र हामी हाम्रो चिरस्थायी मित्रतामा गर्व गर्छौँ भन्ने प्रष्ट पार्न हाम्रो प्रतिनिधिमण्डल ताइवान आएको थियो’, पेलोसीले राष्ट्रपति साई इङ–वेनसँगको एक कार्यक्रममा भनिन् ।
पेलोसीसँगको भेटका क्रममा ताइवानका राष्ट्रपति साई इङ–वेनले टापु ‘फिर्ता नहुने’ बताएकी छिन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here