राैतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरमा रहेका प्रादेशिक अस्पताललाइ प्रदेश सरकारले आवश्यकता अनुसारको बजेट उपलव्ध नगराउदा अस्पताल संचलनमा समस्या उत्पन्न भै रहेका छन् ।
जिल्ला अस्पतालको रुपमा रहेका गौर अस्पतालमा विरामीको चाप बढी रहेको र बजेट न्यून रहेको कारण औषधि व्यवस्थापनमा समस्या हुने गरेको अस्पतालका मेडिकल सुप्रिटेनडेन्ट डाक्टर कृष्णा साहले बताएका छन् ।
प्रादेशिक अस्पताल गौरलाई १ बर्षमा ४ करोड बजेटको आवस्यकता रहेकोमा प्रदेश सरकारले १० लाख अति आवश्यक औषधि खरिद र १० लाख उपकरण खरिदको लागि बजेट पठाउने गरेको बताए ।
गौर नगरपालिका , राजदेवी नगरपालिका , यमुनामाई गाउपालिका , राजपुर नगरपालिका र इशनाथ नगरपालिका मुख्य रुपमा प्रादेशिक अस्पताल भित्रको क्षेत्र रहेकोले विरामीको चाप बढी हुने गरेको उहाले बताए ।
प्रदेश सरकारले प्रादेशिक अस्पतालको व्यवस्थापन र संचालनको लागि विरामीको चाप अनुसारको रकम बजेट व्यवस्थापन गर्नु पर्नेमा न्यून बजेट दिने गरेकोले चाहिने अनुसार औषधि आपूर्ति गर्न कठिनाइ हुने गरेको गुनासो गरे ।
शिक्षा र स्वाश्थ्यको क्षेत्रमा बढी बजेट बिनियोजन गर्नु पर्नेमा सो नगरी प्रादेशिक अस्पताल गौरलाइ कम बजेट दिने गरेको छ । सामाजिक विकास मन्त्रालयले रौतहटलाइ विभेद गरेको देखिएको छ ।
बजेट कम भएको कारण आमा सुरक्षा कार्यक्रमको रकमबाट आवश्यकता अनुसारको औषधि र उपकरण खरिद गर्नु पर्ने बाध्यता रहेको डाक्टर साहले जनाए ।
अस्पतालमा १० देखि १५ लाख सम्म केमिकलमा खर्च हुने अवस्था रहेकोमा प्रदेश सरकारले एक्सरे मेशिन संचालन तथा लैब को लागि ४ लाख केमिकल खरिदमा रकम दिने गरेको जुन अपुग रहेको उहाले बताए ।
स्थानीय सरकारको मातहतमा स्थानीय तहमा भएको स्वास्थ्य सस्थाहरु रहे पनि जिल्ला अस्पताल मा उपचार गराउन आउने विरामीहरुको भिड बढी नै रहेको छ । सरकारले एक गर्भवती महिलाको प्रसूतिको लागि १५ सय रुपैयाका दरले पठाउने गरेको जनाउदै खर्चको अनुपातमा सो रकम पनि अपुग रहेको बताए ।
सिएस गर्दा लाग्ने सामग्री , महिला स्वास्थ्यकर्मीहरुलाई दिइने सुविधा , महिलालाई दिने यातायात सुविधा गरि २ हजार भन्दा बढी नै एक जना विरामीको खर्च लाग्ने गरेको छ ।
डाक्टर साहले स्वास्थ्यको क्षेत्रमा सरकारले बढी रकम विनियोजन गर्नु पर्ने सुझाव दिए । प्रदेश सरकार ले पठाएको रकमले औषधि आपूर्ति हुन् नसक्ने भएकोले जनसंख्या तथा कभरेज एरियाको अध्यन गरि सोको हिसावले बजेट विनियोजन गर्नु पर्ने माग समेत गरे ।
मानवको प्रत्यक्ष जीवन संग सरोकार राख्ने स्वास्थ्य सस्थाको विकास प्रति गम्भीर हुनु पर्ने धारणा उहाको रहेको छ । जिल्ला अस्पतालको भौतिक पूर्वाधार विकास , दक्ष चिकित्सक , प्रयाप्त मात्रामा उपकरण , औषधिको व्यवस्थापन गरिए आम नागरिकलाइ सेवा प्रबाहमा सहजता पुग्ने विस्वास डाक्टर साहको रहेको छ ।
बारा , सर्लाही , महोतरीको तुलनामा प्रादेशिक अस्पताल गौरले राम्रो सेवा सुविधा दिने गरेको दावी गर्दै बजेटमा कटौती किन गर्ने गरेको भनि सरकार सित प्रश्न गरे । खपतको हिसावले औषधि , उपकरण आपूर्ति गर्नु पर्ने माग समेत गरेका छन् ।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जेष्ठ १९ गतेका दिन ५८ हजार २साय ११ रुपैया ५० पैसा मुल्य बरावरको ७ किसिमका स्लाइनका बोतल उपलव्ध गराएको स्टोर प्रमुख राम अश्रे मुखियाले बताएका छन् ! पबmउबगलम सोडियम २८ बोतल , नोर्मल स्लाइन ७५ बोतल , सोडियम क्लोराइड १०० एमएल ७०० बोतल , सिप्रोफ्लोक्सासिन २०० एमजी ५०० बोतल सोडियम क्लोराइड नोर्मल स्लाइन १५० बोतल , mभतचयलष्मबशयभि ५०० mन १०० बोतल मभहतचयकभ ५% १२० बोतल रहेको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश प्रादेशिक अस्पताललाइ आवश्यकता अनुसारको बजेट उपलव्ध नगराउदा अस्पताल संचलनमा समस्या
प्रादेशिक अस्पताललाइ आवश्यकता अनुसारको बजेट उपलव्ध नगराउदा अस्पताल संचलनमा समस्या
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।