राैतहट ।। मधेश प्रदेका विभिन्न जिल्लामा लगाइएको उखुमा रेड रोट अर्थात् लाल सडन रोगको प्रकोप देखिएपछि किसानहरू चिन्तित बनेका छन् । गत माघदेखि चैतसम्म लगाइएको भेराइटी जातको उखुमा लाल सडन रोगको प्रकोप देखिएको किसानहरूले बताएका छन् । उखुमा लागेको यस रोगको उपचार समयमै गरिएन भने खेतमै बाली नस्ट हुन सक्ने जोखिम बढ्न सक्ने जोखिम देखिएको छ । लाल सडन रोगबाट उखु जोगाउनका लागि समयमै सचेत हुनुपर्ने कृषि प्रसार अधिकृत राजेन्द्र यादवले बताउनुभयो । उहाँले उखुको बिउको जाँच गरेर मात्रै किसानलाई लगाउन आग्रह गर्दै रोग लागि हालेमा यसबाट जोगाउन नसकिने पनि बताउनुभयो । उहाँले रोग लागेको उखुको बोटलाई जोगाउन नसकिने भएकाले विज्ञको सिफारिसमा औषधिको प्रयोग गरेर बाँकी रहेका र रोग नलागेको उखुलाई जोगाउन सकिने पनि बताउनुभयो । रोगको समयमै उपचार गरिएन भने उखु बाली सखाप हुने पनि उहाँले उल्लेख गर्नुभयो । मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लामा लगाइएको उखुमा रोगको प्रकोप देखिएको छ । कात्तिकमा काट्ने गरी लगाइएको उखुमा लाल सडन रोगको प्रकोप देखिएपछि यसपटक थप घाटा व्योहोर्नुपर्ने चिन्ता किसानलाई छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here