काठमाडाैं ।। नेकपा एमालेले स्थानीय तहका जनप्रतिनिधिका लागि दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण तालिम सुरू गरेको छ । काठमाडौंको राष्ट्रियसभा गृहमा आजबाट सुरु भएको प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेले चूनावमात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको बताउनुभयो । उहाँले एमालेलाई सबैले मिलेर सिध्याउन खोजेको भएपनि त्यो पूरा हुन नसकेको बताउनुभयो । जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उहाँको भनाइ छ । अध्यक्ष ओलीले राज्यशक्तिको परिचालन गरेर चुनावमा एमालेविरुद्ध हथकण्डा, जालझेल, हत्या, कुटपिटजस्ता अपराधिक क्रियाकलाप गरिएको आरोप लगाउनुभयो । प्रशिक्षण आज र भोलि गरी दुई दिन सञ्चालन हुनेछ । एमालेको केन्द्रीय पार्टी स्कुल विभागको तर्फबाट दिइने प्रशिक्षणमा एमाले पार्टीको तर्फबाट निर्वाचित पालिका प्रमुख तथा उपप्रमुखहरू सहभागी छन् । जनप्रतिनिधिहरूलाई वर्तमान राजनीतिक परिस्थितिका साथै स्थानीय तहका अधिकार, कार्यक्षेत्र, जनप्रतिनिधि र पार्टीबीचको सम्बन्धलगायतका विषयमा प्रशिक्षण दिइने एमालेले जनाएको छ ।
एमालेविरुद्ध सारा शक्ति लाग्याे- अध्यक्ष ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।