काठमाडाैं ।। प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत एवम माघ स्नान आजदेखि सुरु भएको छ । पौष शुक्ल चतुर्दशीको दिन हातगोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ । एक महिनासम्म व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अर्घ दिइन्छ । आजैदेखि एक महीनासम्म साँखुस्थित शालिनदीमा माघस्नानसहित माधवनारायणको मेला लाग्ने गर्छ । यस वर्ष कोरोनाको महामारीका कारण माधवनारायण मेला नगरी व्रत मात्र गर्ने गरी तयारी गरिएको छ । विगत वर्षमा करीब ४ सय जनाले माधवनारायण व्रत गर्ने गरेकामा यस वर्ष १ सय ५० जनालाई मात्र स्वास्थ्य सुरक्षाका विधि अपनाएर सुरक्षित साथ राखिने भएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here