जनकपुर ।। प्रदेश २ को नाम र राजधानीको टुङ्गो लगाउन आज मतदान हुने भएको छ । त्यसका लागि प्रदेश सभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रदेशसभा बैठकमा प्रदेशको नामाकरण र स्थायी राजधानीसम्बन्धी अध्ययन गर्न गठित विशेष समितिले तयार गरेको प्रतिवेदनमा सहमति जुट्न नसकेपछि मतदान प्रक्रिया सुरु हुने भएको हो । गएको पुस १३ गते सभामुख सरोजकुमार यादवको संयोजकत्वमा गठिन समितिले हिजोको प्रदेशसभाको बैठकमा प्रतिवेदन पेस गरेको हो । समितिका सदस्य परमेश्वर साहले आज मतदानबाट नाम र राजधानीको बारेमा निर्णय हुने बताउनुभयो । समितिले प्रदेशको नामाकरणको लागि मधेस, जानकी, मध्य मधेस र मिथिला भोजपुरा अनि राजधानीको लागि जनकपुरधाम, वीरगञ्ज (पोखरीया नपा, सिम्रौनगढसम्म), र वीरगञ्ज नपाभरि गरी तीन वटा प्रस्ताव गरेको छ । प्रदेश सभामा कुल १ सय ४ सदस्यमा जसपाको ३९, काँग्रेसको १९, लोसपाको १६, एकीकृत समाजवादीका १३, माओवादीका ८ , एमालेका ८ र नेपाल संघीय समाजवादी पार्टीका एक जना प्रदेश सांसद छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here