काठमाडौं ।। जाडो महिनामा कफी धेरै खाने गरेको पहिएको छ। कफी पिउनुका आफ्नै फाइदा/बेफाइदा छन्। तर, हालै भएको एक अनुसन्धानले भने कफी पारखीलाई एकपटक सोच्न बाध्य बनाएको छ।
अस्ट्रेलियाका वैज्ञानिकका अनुसार दैनिक ६ कपभन्दा बढी कफी पिउनाले यसको सिधै असर मष्तिष्कमा पर्ने देखिएको छ। फलस्वरुप यसले डिमेन्सिया(बिर्सिने रोग) हुने खतरा ५८ प्रतिशत हुनेसँगै स्ट्रोकको पनि खतरा देखिएको छ।
कफीमा पाइने क्याफिन नामक तत्वले सिधै हाम्रो दिमागको नर्भस सिस्टममा असर पार्छ। यसैको असरका कारण कफी पिएपछि ‘रिल्याक्स्ड’ महसुश हुन्छ।
तर, यदि यसको मात्रा चाहिने भन्दा बढी भएमा क्याफिनले दिमागमा नकारात्मक असर छोड्न थाल्छ। उदाहरणका लागि निन्द्रा नलाग्नु। कफी पिइरहेको समयमा त्यहाँ भएको क्याफिन रगत हुँदै पूरै शरीरमा फैलिन्छ।
जसकारण यसको असर सजिलै दिमागमा पर्छ। तर, असर परे पनि हामीलाई थकान महशुस हुँदैन। किनभने क्याफिनले दिमागको ‘एडिनोसिन’ नाम गरेको न्यूरोट्रान्स्मिटरलाई ब्लक गर्दिन्छ।
एडिनोसिनले नै हामीलाई थकान महसुश गराउँछ। तर, क्याफिनले त्यसलाई ब्लक गरिदिएपछि हामी ‘फ्रेस’ भएको महशुस गर्छौं।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here