काठमाडाैं ।। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। भोलिदेखि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोरोना भाइरसका संक्रमित बढेकोले देशभरका आधारभूत र माध्यमिक तहका विद्यालय बन्द गरिएको हो। मन्त्रालयले आज सूचना निकालेर पुस २७ देखि माघ १५ गतेसम्म विद्यालय बिदा गर्ने निर्णय गरेको हो।
बिदाको उक्त समयमा १२ वर्षदेखि १७ वर्षसम्म उमेर समूहका विद्यार्थीलाई सबै स्थानीय तहमा रहेको स्वास्थ्य चौकीमार्फत् खोप लगाउने कार्यक्रम छ।साथै विश्वविद्यालय तथा शैक्षिक प्रतिष्ठानहरूले पूर्वनिर्धारित परीक्षा भने जनस्वास्थ्यका सबै मापदण्ड अपनाएर जेड आएकारमा बसाई व्यवस्था मिलाई सञ्चालन गर्न सकिने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए।
पछिल्ला दिन कोरोना संक्रमण ह्वात्तै बढेपछि आइतबार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्न सरकारलाई सिफारिस गरेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here