काठमाडाैं ।। अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागि हुँदा १९ जनाको मृत्यु भएको छ । न्यूयोर्कका मेयर एरिक एडम्सका अनुसार मृत्यु हुनेमा ९ जना बालबालिका रहेका छन् । आगलागिमा परि ३२ जना घाइते भएको र उनीहरूलाई अस्पताल भर्ना गरिएको छ । दमकल विभागका प्रमुख डेनियल निग्रोले अपार्टमेन्टको दोस्रो तल्लामा आगलागि भएको हो । २ सय दमकल कर्मचारीले आगोलाई नियन्त्रणमा लिने काम गरेको पनि उहाँले बताउनुभयो । विद्युतिय हिटरमा समस्या देखिएका कारण आगलागि भएको हुन सक्ने अनुमान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here