एजेन्सी ।। सूडानका प्रधानमन्त्री अब्दुल्ला हमदोकले पदबाट राजीनामा दिनुभएको छ । सूडानको सेनासँग विवादास्पद सम्झौतापछि उहाँले पदबाट राजीनामा दिनुभएको हो । सूडानको सेनाले गत अक्टुबरमा सत्तामाथि कब्जा गरेरेर प्रधानमन्त्री हमदोकलाई नजरबन्द गरेको थियो । तर, सत्ता परिवर्तनपछि प्रधानमन्त्री हमदोक र सेनाबीच सत्ता साझेदारीलाई लिएर सम्झौतापछि उहाँलाई मुक्त गरिएको थियो । प्रधानमन्त्री र सेनाबीच भएको सम्झौताको विरोधमा अझैपनि सूडानमा सर्वसाधारण प्रदर्शन गरिरहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।