काठमाडाैं ।। जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम बदली रहेको बताएको छ । महाशाखाका अनुसार हाल देशमा कुनै उल्लेखनिय मौसमी प्रणाली नरहेपनि काठमाडौं उपत्यका र तराईका भूभागमा हुस्सु÷कुहिरो लागेको छ । आज दिउँसो देशभर आंशिक बदली रहने र राति आंशिक बदली रहने महाशाखाले जनाएको छ । बिहानीपख उपत्यका लगायत तराईका जिल्लाहरूमा हुस्सु÷कुहिरो समेत लागेको हुँदा र यो क्रम अबेर मात्रै सफा हुने भएकाले चिसोबाट जोगिन र यात्रा गर्दा ध्यान दिन पनि महाशाखाले आग्रह गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here