काठमाडौँ ।। नेपालमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल सहित ३५ ओटा विमानस्थल सञ्चालनमा रहेका छन् । समयको हिसाबले छिटो हुने भएकाले नागरिक हवाइ मार्ग हुँदै यात्रा गर्न चाहन्छन् । देशभरका झण्डै आधा जिल्लामा बिमानस्थल छैनन्, कतिपय ठाउँमा विमानस्थल छन् तर, सञ्चालनमा छैनन् । जसका कारण नागरिकले यात्रामा छिटो छरितोपनको महसुस गर्न पाएका छैनन् । २०३५ सालमा सञ्चालनमा आएको कैलालीको टिकापुर विमानस्थल २०४६ सालमा बन्द भयो । त्यस यता विमानस्थल सञ्चालनमा सरकारको ध्यान पुगेको छैन । नागरिक स्तरबाट विमानस्थल सञ्चालनका लागि पटक पटक दबाबमुलक कार्यक्रम भइरहेका छन् । बाग्लुङमा रहेको बलेवा विमानस्थल पनि पटक पटक सञ्चालनमा आउँदै बन्द हुदै आएको छ । २ वर्ष भयो विमानस्थल सञ्चालनमा छैन । विमानस्थल नहुँदा आपतकालिन अवस्थामा नागरिकले दुख पाउने गरेको बाग्लुङ नगरपालिका वडा नम्बर १० का वडाअध्यक्ष प्रेम थापाले बताउनुभयो । उदयपुरको त्रियुगा नगरपालिकामा सगरमाथा विमानस्थल बन्ने चर्चा चलेको झण्डै १० वर्ष भयो । तर, कहिले बन्ने टुङगो छैन । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार अहिले देशभर ५६ वटा विमानस्थल छन् । जस मध्ये ३५ ओटा विमानस्थल मात्रै सञ्चालनमा छन् भने २१ विमानस्थल बन्द अवस्थामा छन् । प्राधिकरणका प्रवक्ता देव चन्द्र लाल कर्ण यातायातको सुविधा पुगेका ठाउँमा यात्रुको कमीका कारण विमानस्थल बन्द हुन पुगेको दाबी गर्नुहुन्छ । तर, सरकारको दाबी र नागरिकको चाहना मिल्दैन । कतिपय ठाउँमा नागरिकले चाहना गरेपनि यात्रु भएपनि बिमानस्थल सञ्चालनमा आएको छैन, कतिपय स्थानमा भने राजनीतिक स्वास्र्थसँग मात्र जोडिएर पनि विमानस्थलको माग हुने गरेको छ । संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले भने आवश्यकताका आधारमा र व्यवसायीक अवस्थालाई हेरेर मात्रै विमानस्थल सञ्चालन गर्न सकिने बताउनुभयो । अहिले त्रिभुवन विमानस्थल भएर दैनिक ३ सय आन्तरीक उडान हुने गरेका छन् । मुख्य शहर केन्द्री यि उडानबाट दैनिक १५ हजार यात्रुले सेवा लिन्छन्, सबै जिल्लामा नियमित रुपमा विमानस्थल सञ्चालन नहुँदा अत्याआवश्यक पर्दा नागरिकले छिटो यात्रा गर्न भने पाएका छैनन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here