काठमाडौं ।। प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावतिर सबैको ध्यान हुनुपर्ने बताएका छन्। १४ औं महाधिवेशनले कांग्रेसलाई थप बलियो बनाउँदै निर्वाचन जित्ने बनाउने उनले विश्वास व्यक्त गरे।सात प्रदेशमा आजदेखि सुरु भएको कांग्रेस अधिवेशनको भर्चुअल उद्धाटन गर्ने क्रममा देउवाले लोकतन्त्र बलियो भएमात्रै विकास हुने बताए। लोकतन्त्र बलियो बनाउने जिम्मेवारी कांग्रेसको काँधमा आएको देउवाले बताए।वीपी कोइराला र अन्य नेताले छोडेर गएको विचारकै आधारमा कांग्रेस अघि बढिरहेको उनको दाबी छ। १४ औं महाधिवेशन ऐतिहासिक हुने उनले बताए। प्रदेश अधिवेशन कांग्रेसमा पहिलोपटक हुन लागेकाले उनले ऐतिहासिक महाधिवेशनको संज्ञा दिएका छन्।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here