काठमाडाैं ।। सरकारले कोरोना भाइरसको नयाँ स्वरुप ‘ओमिक्रोन’ पुष्टि भएका देशबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाएको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाबे, नामिबिया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको हो । ती देशलाई ट्रान्जिट बनाएर आउने यात्रु र तीन हप्ताभित्र ती देशको भ्रमण गरेका यात्रुलाई पनि आज राति १२ बजेदेखि नेपाल प्रवेशमा रोक लगाउने निर्णय भएको छ । अफ्रिकामा भेटिएको कोरोनाको नयाँ स्वरुप ‘ओमिक्रोन’ विश्वका विभिन्न देशमा फैलिदै गएकाले सरकारले यात्रा प्रतिबन्धको निर्णय गरेको हो ।
कोरोनाको नयाँ स्वरुप ओमिक्रोन भित्रिन नदिन सरकारले विदेशबाट आउने नेपाली र नेपाल आउने विदेशी नागरिकमाथि निगरानी बढाएको छ । पछिल्लो एक सातादेखि बाहिरबाट आएका व्यक्तिहरूमा कोरोना सङ्क्रमण देखिएपछि उनीहरूमा कोरोनाको ओमिक्रोन हो वा होइन भनेर जाँचमा विशेष ध्यान दिइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । विदेशबाट आएका नागरिकलाई ओमिक्रोनको सङ्क्रमण हुन सक्ने भएकाले उनीहरूलाई छुट्टै अर्थात आइसोलेसनमा राखेर अध्ययन गर्न थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले बताउनुभयो । उहाँले केही विदेशी नागरिकको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइसकिएको पनि जानकारी दिनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here