काठमाडाैं ।। सभामुख अग्निप्रसाद सापकोटाले दसैँ, तिहार, पर्व र नेपाल संवत ११४२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । सापकोटाले दिनुभएको शुभकामना सन्देशमा सिन्धुपाल्चोक, मनाङलगायत जिल्लामा भएका प्राकृतिक विपत्ति र कोभिड–१९ का कारण ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा परिवारजनमा समवेदनासमेत व्यक्त गरिएको छ । चाडपर्वहरु मौलिक नेपाली संस्कृति एवं नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक विशेषता र विविधताहरुको प्रतिनिधित्व गर्ने उल्लेख गर्दै चाडपर्वले एकता, आपसी हित, सामाजिक सद्भाव एवम् व्यक्ति, परिवार र समाजलाई संयोजन गर्दै आएको सभामुख सापकोटाको भनाइ छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here