काठमाडाैं ।। ट्राफिक प्रहरीले दसैँ मनाउन सहरबाट गाउँ वा गाउँबाट सहर जानेहरूलाई क्षमताभन्दा धेरै यात्रु भएका सार्वजनिक सवारीसाधनमा यात्रा नगर्न अनुरोध गरेको छ । क्षमताभन्दा बढी यात्रु राख्ने, उभिएर यात्रा गर्ने, जनस्वास्थ्यको मापदण्ड पालना नगर्ने स्थितिमा दुर्घटा र कोरोनाको जोखिम हुने हुँदा सचेत रहन ट्राफिक प्रहरीले अनुरोध गरेको हो । महानगरिय ट्राफिक प्रहरी प्रवक्ता सञ्जिब शर्मा दासले आफ्नो सुरक्षाको लागि आफैँ सचेत हुन र दुर्घटनाबाट जोगिन सबैमा अनुरोध गर्नुभयो । ‘यातायात व्यवसायीहरूले पनि छोटो समयमा धेरै कमाउने लोभमा सवारीसाधनमा क्षमताभन्दा धेरै यात्रु राख्नु भएन । यात्रुको सुरक्षामा पन िध्यान दिनुप¥यो ।’ प्रवक्ता दासले भन्नुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here