काठमाडाैं ।। चाडबाका बेला मानिसहरू सहरबाट घर जाने क्रम बढेपछि कोरोनाको जोखिम बढ्न सक्ने भन्दै चिकित्सकहरूले सावधानी अपनाउन आग्रह गरेका छन् । गाउँघरका अधिकांश नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छैनन् । यसकारण पनि कोरोना सङ्क्रमण सार्न सक्ने सम्भावना रहेको भन्दै विशेष सतर्कता अपनाउन सरुवारोग विशेषज्ञ डा.शेर बहादुर पुनले बताउनुभयो । नेपालमा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेका जिल्लाको सङ्ख्या भने घट्दै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक महिना अघि देशभरका १३ जिल्लामा ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको थियो । तर हाल ५ सयभन्दा बढी सक्रिय सङ्क्रमित रहेको जिल्ला ७ मात्रै रहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सह प्रवक्ता डा.समिर कुमार अधिकारीले जनजीवन सामान्य बनेपनि जोखिम कायमै रहेकाले सावधानी अपनाउन आग्रह गर्नुभयो । बितेको २४ घण्टामा देशभर ७ सय ८५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ । गत २४ घन्टामा देशभर १ लाख २७ हजार ५ सय ३२ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here