एजेन्सी ।। तालिबानले सत्ता कब्जा गरेको २४ दिनपछि अफगानिस्तानमा अन्तरिम सरकारको घोषणा गरेको छ । हिजो साँझ अफगानिस्तानमा अन्तरिम सरकार गठनको घोषणा गर्दै तालिबानले अफगानिस्तान अब ‘इस्लामिक अमीरात’ मुलुक रहेको बताएको छ । तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले पत्रकार सम्मेलनको क्रममा तालिबानका संस्थापकमध्यका एक मुल्ला मोहम्मद हसन अखुन्द नयाँ प्रधानमन्त्री र मुल्ला अब्दुल गनी बरादर उप प्रधानमन्त्री बन्नुभएको जानकारी दिनुभयो । तालिबानका सह–संस्थापक मुल्ला अब्दुल गनी बरादरलाई उपप्रधानमन्त्री बनाइएको छ । यस्तै मुल्ला याकूबलाई रक्षामन्त्री र सिराजुद्दीन हक्कानीलाई गृहमन्त्री बनाइएको छ । गृहमन्त्री बनेका हक्कानी अमेरिकी एजेन्सी एफबीआईको ‘आतङ्कवादी’ को सूचीमा छन् । रक्षामन्त्री बनेका याकूब तालिबानका संस्थापक मुल्ला उमरका छोरा हुन् । तर, नवगठित सरकारमा भने महिला मन्त्री चयन गरिएको छैन । तालिबानका प्रवक्ता मजाहिदले यो ‘अन्तरिम सरकार’ भएको भन्दै पूर्ण सरकार गठनको क्रममा महिलालाई पनि सहभागि गरिने बताउनुभयो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here