काठमाडाैं ।। वडा अधिवेशनको प्रक्रिया सुरु भएको तीन दिनमा नेपाली काँग्रेसले ३८ जिल्लाको वडा अधिवेशन सम्पन्न गरेको छ । हिजो दाङ जिल्लाको मात्र वडा अधिवेशन सम्पन्न भएको काँग्रेसको निर्वाचन समितिका संयोजक महादेव यादवले जानकारी दिनुभयो । तर, नेपाली काँग्रेसले क्रियाशील सदस्यता सार्वजनिक गर्न बाँकी २१ जिल्लामा अधिवेशन कहिले हुन्छ भन्ने विषय अनिश्चित बनेको छ । काँग्रेसको निर्वाचन समितिले ति २१ जिल्लाको क्रियाशील सदस्यताको नामावली अझै पनि पाएको छैन । काँग्रेसले ७ सय ५३ ओटा पालिका तहमा भने २७ भदौका लागि अधिवेशन तोकेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।