रौतहट ।। रौतहटमा नयाँ क्रियाशील सदस्यता वितरण तथा नविकरणमा पार्टी विधि, विधान, प्रक्रिया र पद्धतिलाई मिचेर अनियमित र धाँधलीपूर्ण तरिकाले क्रियाशिल सदस्यता वितरण तथा नवीकरण भएको नेता तथा कार्यकर्ताहरुले आरोप लगाउँदै आएको छ । रौतहट प्रतिनिधि सभा क्षेत्र नं. १ को ४१ वटा वडाहरु मध्ये ३१ वटा वडा कार्य समितिहरुले निर्णय सहित वास्तविक छानविनको लागि केन्द्रिय क्रियाशिल सदस्यता छानविन समिति समक्ष निवेदन तथा उजुरी दर्ता गर्दा पनि नेताहरुले कुनै चासो न देखाउँदा त्यसैको विरोधमा रौतहट प्रतिनिधि सभा क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताहरुले नेपाली काँग्रेसको केन्द्रिय कार्यालय वि.पी. स्मृति भवन काठमाण्डौं हिजो देखि रिले अनसन शुरु गरिएको छ । अनसनमा ३१ वटै वडा कार्य समितिको निर्णयहरुलाई नै फ्लेक्स ब्यानरमा प्रिन्ट गरेर जिल्लामा क्रियाशिल सदस्यततामा भएको धाँधली तथा मनपरीतन्त्रको पर्दाफास गर्न खोजिएको छ । अहिले नेपाली कांग्रेसको केन्द्रीय कार्यालय क्रियाशील सदस्यता पीडितहरूको न्याय माग्ने थलो बनेको छ । त्यसैको विरोध स्वरुप नेता कार्यकर्ताहरुले अनसन तथा धर्ना सुरु गरेका छन् ।
आजीवन चारतारे झण्डा र रुख चुनाव चिन्ह भनेर जीवनको उर्जाशील समय राजनीतिमा बिताएकाहरू पार्टीबाट रित्तो हात हुनु पर्ने अवस्था सिर्जना हुँदैछ । जिल्ला कार्य समितिमा ३ कार्यकाल देखि कोषाध्यक्ष रहि समानुपातिक उम्मेदवार समेत बनिसकेका राम श्रेष्ठ साह, पूर्व मन्त्री ब्रज किशोर सिंह, ने.वि.स.का पूर्व केन्द्रिय सदस्य उदयकान्त यादब, जिल्ला कार्य समितिका पूर्व उपसभापति रहेका विन्देश्वर यादब, पूर्व महाधिवेशन प्रतिनिधि हरिश्चन्द्र यादब तथा कैयौं वडाका सभापतिहरु लगायत धेरै पुराना तथा जुझारु नेताकार्यकर्ताहरुको क्रियाशिल सदस्यता नवीकरण नर्गनु दुखद तथा पार्टी हित विपरित हुदाँ पनि पार्टी नेतृत्वले कुनै चासो नदेखाउनु आफैमा खेदजनक कार्य हो । क्रियाशील सदस्यता वितरण आफू अनुकुल बनाउन सके महाधिवेशन जित्ने मात्र होइन नेतृत्व र पार्टी नै कब्जा गर्न सकिने दाउ जिल्ला नेतृत्वमा देखिन्छ । त्यसैको विरोधमा हामीहरू अनसन बस्नु परेको डा. देवचन्द्र मिश्राले बताउनु भएको छ ।
Home प्रदेश समाचार मधेश प्रदेश काग्रेश रौतहट क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताहरुद्वारा काठमाण्डौंमा रिले...
काग्रेश रौतहट क्षेत्र नं. १ का नेता तथा कार्यकर्ताहरुद्वारा काठमाण्डौंमा रिले अनसन जारी
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












