काठमाडौं ।। आज नेपालमा कोरोना भाइरसका २ हजार ९ सय ७७ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ७६ हजार ७ सय ८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय ७८ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख ३९ हजार ३ सय ६८ जना संक्रमणमुक्त भएकन छन् ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यसका साथै मृत्यु हुनेको कुल संख्या९ हजार ६ सय ७९ पुगेको छ ।
हालसम्म देशभर २ हजार ७ सय ६१ जना सक्रिय संक्रमित रहेको छ । मन्त्रालयको अनुसार २४ घन्टामा १७ हजार ३०८ जनामा गरिएको कोरोना परीक्षणबाट १९ सय ८२ पिसीआर र ९ सय ९५ जना एन्टिजेन विधिबाट संक्रमण पुष्टि भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here