काठमाडौं ।। शुक्रबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नागरिकलाई खोप उपलब्ध गराउने प्रतिवद्धता पूरा गरिछाड्ने बताएका छन् ।आफूलाई बधाई दिने सांसदहरुलाई धन्यवाद दिँदै प्रधानमन्त्री देउवाले आफ्नो प्राथमिकता खोप नै भएको बताए । उनले अघि भने, ‘हामी क्रृण लिएर भए पनि, जति महंगो भए पनि किनेर जनतालाई खोप पुर्याउने प्रतिवद्धता पूरा गर्छौं ।’
त्यस्तै प्रधानमन्त्री देउवाले संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिले आह्वान गरेपछि बहुमत सांसदको हस्ताक्षर लिएर गएको बताएका छन् ।उनले संविधानको धारा ७६(५) अनुसार आफूलाई समर्थन गर्न आग्रह गरिएको बताए ।
देउवाले आफूहरूले सांसदलाई ह्वीप नलगाएको दाबी गरेका हुन् ।
‘पूर्वसभामुखज्यूले अब कहिल्यै पनि संसद् भंग हुने छैन भन्नु भएको थियो । राष्ट्रपति स्वयंले धारा ७६ (५) अनुसार सांसदले बहुमत पु¥याउन आह्वान गरेको हो । आह्वान गरेअनुसार बहुमत सदस्यको सनाखत लिएर गएको हो,’ देउवाले संसदमा भने, ‘संविधानमा त्यो किन लेखिएको थियो भन्ने कुरा पूर्व सभामुखज्यूलाई थाहा छ । हामीले अनिवार्य भनेको होइन, एमालेकै साथीहरूलाई अनुरोध गरेका हौं, संविधानअनुसार अनुरोध गर्न पाइन्न भन्ने कहाँको नियम हो ?
सबै जनतालाई खोप दिन्छौं-प्रधानमन्त्री देउवा
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।
         
            
 
		