काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा नेपालमा ९०० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ८३६ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६४ जनामा कोरोना पुष्टि भएको हो । यससँगै देशभर कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ८२ हजार ८९० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ०२८ जना निको भएर घर फर्किएका छन् । यसका साथै निको हुनेको कुल संख्या २ लाख ७४ हजार ८१२ पुगेको छ ।
आज कोरोना संक्रमणका काराण थप ४ जनाको मृत्यु भएको छ ।
यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार ७० पुगेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।