एजेन्सी ।। छिमेकी मुलुक भारतमा कोरोना संक्रमण दर उच्च देखिएको छ । संक्रमण उच्च भएसँगै भारतमा पछिल्लो २४ घण्टामा २ लाख १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार योसँगै भारतमा हालसम्म १ करोड ४० लाख ७४ हजार बढीमा संक्रमण पुष्टि भइसकेको छ । जसमध्ये १ करोड २४ लाख २९ हजार निको भइसकेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा१ हजार १८५ जना संक्रमितको ज्यान गएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ७४ हजार ३०८ पुगेको छ ।
कोरोना संक्रमितको संख्या तीव्र गतिमा बढेसँगै अस्पतालहरूमा बेड, अक्सिजन तथा औषधीको अभाव भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here