बुुटवल ।। जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उप्रेन्द्र यादवले अझै पनि प्रतिगमनको खतरा रहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ताच्युत गर्नुपर्ने बताएका छन्। उनले लोकतन्त्र, गणतन्त्रका पक्षधर शक्तिबीचको सहकार्यमा अर्को सरकार बनाएर प्रधानमन्त्री ओली नेतृत्वको सरकारलाई हटाउनुपर्ने बताए । ‘अब प्रधानमन्त्रीलाई सरकारबाट हटाउनैपर्छ, संघियता र गणतन्त्रपक्षधरको सरकार बन्नुपर्छ’ शुक्रबार प्रेस मञ्च नेपालले बुटवलमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष यादवले भने । उनले जसपा कुनैपनि शर्तमा ओली नेतृत्वको सरकारमा सहभागी नहुने बताए । ‘यो प्रतिगमनकारी सत्ता हो, समावेशितालाई समाप्त पार्छ भनेकाले हामी ओली सरकार जाँदैनौं’ उनले भने । उनले सरकार परिवर्तनका लागि काँग्रेसले नै नेतृत्व गर्नुपर्ने बताए । ‘हाम्रा कारणले सरकार गठनमा अवरोध छैन, काँग्रेस सहितका दलले निर्णय गरे हामी तयार छौं’ उनले भने । मुद्धा खारेजी र बन्दी रिहाईको मुुद्धाका बारेमा सरकारसँग छलफल भएको तर सत्ता साझेदारी भने हुन नसक्ने अध्यक्ष यादवले स्पष्ट पारे । ‘संघिय लोकतान्त्रिक गणतन्त्र विरोधी ओलीसँग सति जाने गल्ती हामीले गर्दैनौं’ उनले भने । जसपाभित्र दुुइ धार देखिएको चर्चा भइरहेको बेला अध्यक्ष यादवले कुनै पनि वहानामा केपी ओलीसँग सहकार्य हुन नसक्ने बताए । उपप्रधानमन्त्री समेत यादवले मधेश र थरुहट आन्दोलनको दौडानमा गिरफतार भएका र बन्दीमा राखिएकाहरुलाई रिहाईको माग राखिएको बताए । मुद्धा खारेज र बन्दीलाई रिहाई गर्ने गरि भइरहेको कुरालाई दुुईधारका रुपमा ब्याख्या गरिएको उनले बताए । प्रधानमन्त्रीको हरेक कदम संविधान, गणतन्त्र, धर्मनिरपेक्षता र संघियता विरोधी भएको उनको आरोप छ । प्रधानमन्त्रीले संविधान धारा २८४ विपरित अध्यादेश मार्फत सवैधानिक परिषद नियुक्ति गरेर स्वेच्छाचारी र निरंकुश प्रवृत्ति देखाएको बताए । प्रधानमन्त्रीले संसद विघटन भएपछि त्यसलाई असंवैधानिक र प्रतिगामी कदम भनेर जसपा सडक आन्दोलन होमिएको बताए । संविधान र संसदमाथि प्रहार गरेपछि अहिले फेरी संसदलाई असफल पार्ने प्रयत्न गरेको आरोप लगाए । उनले सरकारले संसदलाई विजनेश नदिएर संसदलाई फेरि समाप्त पार्न लागि परेको बताए । पत्रकार सम्मेलन प्रेस मञ्च नेपालका केन्द्रीय सचिव टि.आर शर्माको अध्यक्षता र प्रेस मञ्च रुपन्देहीका सदस्य बसन्त आचार्यको सञ्चालनमा भएको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here