काठमाडौं ।। प्रधानमन्त्री केपी ओलीले आफूलाई ‘प्रतिगमनकारी’ भनिएकोमा आपत्ति जनाएका छन् । सोमबार सिंहदरवारमा आयोजित कार्यक्रममा आफ्नो नेतृत्वको सरकारको तीन वर्षे कार्यकालको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताए ।
उनले प्रश्न गरे– के हो प्रतिगमन ? निर्वाचन प्रतिगमन हो ? आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले भने, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भयो ।’ यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरे ।
ओलीले प्रतिनिधिसभा विघटन गरी निर्वाचनमा जाने आफ्नो निर्णयको बचाउ गरेका छन् । सरकार बनाउन र ढाल्न विगतमा के-के गरिए भन्नेतिर आफू जान नचाहेको प्रस्ट पार्दै प्रधानमन्त्री ओलीले अहिले आफू जनताको मत लिएर सरकार बनाउन जाऔं भनेर लागिपरेको बताए ।
सुरुदेखि नै काम गर्न अप्ठ्यारो भयाे : प्रधानमन्त्री ओली
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।